२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

एनपिएल तेस्रो संस्करण : रिजन ढकालले पाए कार, अन्य विधामा कसले के जिते ?

एनपिएल तेस्रो संस्करण : रिजन ढकालले पाए कार, अन्य विधामा कसले के जिते ?

290
Shares

काठमाडौं – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा चितवन राइनोजका देब्रे हाते तीव्र गतिका बलर रिजन ढकालले दुई अवार्ड जित्दै ओमोडाको कार उपहार पाएका छन्। प्रतियोगितामा उत्कृष्ट नेपाली खेलाडी घोषित भएका रिजनले सर्वाधिक विकेटकर्ताको गोल्डेन क्यापसमेत जिते। उनले प्रतियोगिताभर उत्कृष्ट बलिङ गर्दै कुल १७ विकेट लिएका थिए।

सर्वाधिक विकेटकर्ताको अवार्डसँगै उनले २ लाख रुपैयाँ पुरस्कार पाए। यस्तै प्लेअर अफ दि टुर्नामेन्ट सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरी घोषित भए । उनले प्रतियोगितामा तीन अर्धतकसहित २१८ रन बनाउनुका साथै ६ विकेट लिए । उनले ५ लाख रुपैयाँ पुरस्कार जितेका छन् ।

यस्तै रेड बूल इनर्जेटिक प्लेयर चितवन राइनोजका श्रीलंकन ब्याटर कमिल मिशारा घोषित भए । उनले नगद २ लाख हात पारे ।

प्रतियोगिताको सर्वोत्कृष्ट ब्याटर विराटगर किंग्सका लोकेश बम घोषित भए । उनले २४२ रन बनाए । उनले पनि पल्सर बाइक प्राप्त गरेका छन्।

यसैगरी जनकपुर बोल्ट्सका युवा बलर राहुल यादवले इमर्जिङ प्लेअरको अवार्ड जिते । उनले पनि पल्सर मोटरबाइक अवार्ड जिते ।

सुदूरपश्चिमलाई १० विकेटको जितसहित च्याम्पियन बनाउन सहयोग गरेका सुदूरपश्चिमका जर्ज मन्से फाइनल खेलको प्लेयर अफ द म्याच घोषित भएका छन् ।

उपविजेता लुम्बिनी लायन्सले स्प्रिट अफ क्रिकेटको अवार्ड प्राप्त गर्‍यो ।

विजेता सुदूरपश्चिम रोयल्सले १ करोड ५० लाख, उपविजेता लुम्बिनले ६० लाख, तेस्रो बनेको चितवनले ३० लाख र चौथो बनेको काठमाडौंले २० लाख रुपैयाँ पुरस्कार पाए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij