२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

280
Shares

काठमाडौं – मन्त्रिपरिषद् बैठकले एडीबीको ऋण स्वीकृत, नेपाल रिइन्स्योरेन्सको हकप्रद सेयर, अध्यादेश सिफारिसलगायतका निर्णय गरेको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठक ६ निर्णय सार्वजनिक गरेका छन् ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु 

– एसियाली विकास बैंक (ADB) बाट सडक सुधारका लागि प्राप्त हुने २८५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण र २० मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने।

– नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा नेपाल सरकारको तर्फबाट थप हकप्रद सेयर लगानी गर्न सहमति प्रदान गर्ने।

– न्यानो फर्टिलाइजर, बायो-स्टिमुल्यान्ट र व्यावसायिक रूपमा उत्पादन तथा बिक्री वितरण हुने जैविक तथा प्राङ्गारिक मललाई आवश्यक पदार्थको सूचीमा समावेश गर्ने र मल नियन्त्रण आदेश स्वीकृत गर्ने।

– टर्कीमा आयोजना हुने संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तन सम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको सम्मेलन (COP) मा सहभागी हुन उच्चस्तरीय प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने।

– मोही लागेको जग्गाको जग्गाधनी र मोहीले जग्गा बाँडफाँट गरी लिन निवेदन दिने तथा टुंगो लगाउने म्याद क्रमशः २०८५ कात्तिक र २०८६ असारसम्म थप गर्ने गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गर्न स्वीकृति दिने।

– प्रेस काउन्सिल नेपाल २०४७ लाई संशोधन गर्न बनेको अध्यादेश तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij