२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

नेप्से परिसूचक ३२ .६५ अंकले घट्यो, ७ अर्ब १८ करोडको कारोबार

नेप्से परिसूचक ३२ .६५ अंकले घट्यो, ७ अर्ब १८ करोडको कारोबार

275
Shares

काठमाडौं – साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। आज नेप्से परिसूचक ३२ .६५ अंकले घटेर २,६५७ को विन्दुमा कायम भएको छ । आज २१ कम्पनीको शेयर मूल्य बढेको छ भने २५२ कम्पनीको शेयर मूल्य घटेको छ ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.८८ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन बैंकिङ्ग, वित्त, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

आज दिनभरिमा ३४३ कम्पनीको १ करोड ९८ लाख २२ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब १८ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै घलेम्दी हाइड्रोको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३७ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्लोबल आइएमई बैंकको २९ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कुमारी बैंकको २७ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij