२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

मकर जितुमाया सुरी हाइड्रोपावरद्वारा लाभांश घोषणा

मकर जितुमाया सुरी हाइड्रोपावरद्वारा लाभांश घोषणा

300
Shares

काठमाडौं – मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले पहिलो पटक लाभांश घोषणा गरेको छ। कम्पनीको कार्तिक १५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को लागि लाभांश प्रस्ताव गरेको हो।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। विद्युत नियमन आयोगले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

हाल कम्पनीको चुक्ता पुँजी ७६ करोड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij