२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

एनपीएल २०२६: जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै

एनपीएल २०२६: जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै

215
Shares

काठमाडौँ – जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुँदैछ । टियु क्रिकेट मैदानमा आज साँझ ५ बजेदेखि जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ ।

जारी प्रतियोगितामा जनकपुर बोल्ट्सले एक जित र एक हार बेहोरेको छ भने पोखरा एभेन्जर्सले आफ्नो पहिलो खेल हारेको छ ।

जनकपुरले पहिलो खेल कर्णाली याक्ससँग १९ रनले हारेको थियो भने दोस्रो खेलमा काठमाडौँ गोर्खाजलाई ८ विकेटले पराजित गरेको थियो । त्यस्तै पोखरा एभेन्जर्सले भने पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटको हार बेहोरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij