२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

आज भिजन लुम्बिनी उर्जाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

आज भिजन लुम्बिनी उर्जाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

385
Shares

काठमाडौं- भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (कात्तिक १३ गते) शुक्रबार, अन्तिम दिन हो। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले आगामी सोमबार अर्थात कात्तिक १६ गते एक दिनका लागि बुकक्लोज गर्दैछ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले मंसिर ३ गते, बिहीबार, दियालो फुडल्याण्ड कालिकानगर प्रा.लि., बुटवल उपमहानगरपालिका, रुपन्देहीमा आठौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ९ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ३.६८४२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले लेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij