काठमाडौं- जापानी कम्पनी टोयोटाले नेपालका बाढी प्रभावितका लागि ३ करोड रुपैयाँ सहयोग गरेको छ। टोयोटाको नेपालका लागि अधिकारिक विक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटले प्रधानमन्त्री राहत कोषमा रकम हस्तान्तरण गरेको हो।
टोयोटाले टोयोटा मोटर्स एसिया र टोयोटा टुसो एसिया प्यासेफिकको सहायतामा ३ करोड रुपैयाँ कोषमा जम्मा गरेको छ। युनाइटेड ट्रेडर्सका सञ्चालक सुरज वैद्य र ऋतु सिंह वैद्य हुन्। ऋतु नेपाल अटोमोबाइल्स इम्पोटर्स एन्ड म्यानुफेचरर्स (नाइमा)को अध्यक्ष समेत हुन्।
प्रधानमन्त्री राहत कोषमा हालसम्म १५ अर्बभन्दा बढी संकलन भइसकेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij