काठमाडौं – नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मिनबहादुर बोहरा नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको ४०५औँ बैठकले गरेको निर्णयअनुसार बोहराको नियुक्ति २०८३ असोज १ गतेदेखि लागू भएको हो ।
यसअघि प्रमुख कार्यकारी अधिकृत रहेका केशवकुमार पौडेलले व्यक्तिगत तथा घरायसी कारण देखाउँदै दिएको राजीनामा सञ्चालक समितिले असोज १ गतेदेखि लागू हुने गरी स्वीकृत गरेपछि रिक्त पदमा बोहरालाई नियुक्त गरिएको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij