२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

चांगान निभो क्यू०५ चीनमा एसयूभी सेग्मेन्ट लिडर बन्दै

चांगान निभो क्यू०५ चीनमा एसयूभी सेग्मेन्ट लिडर बन्दै

285
Shares

काठमाडौं – चांगान निभो क्यू ०५ चीनमा सर्वाधिक बिक्री हुने कम्प्याक्ट एसयूभीको बनेको छ । यससँगै क्यू०५ लगातार पाँच महिनादेखि आफ्नो सेग्मेन्टको शीर्षस्थानमा रहन सफल भएको हो ।

नेपालमा निभो क्यू०५ केही साताअघि मात्रै सार्वजनिक गरिएको हो । यसले नाडा अटो शोमा ठूलो संख्यामा बुकिङ प्राप्त गर्दै नेपाली ग्राहकबाट उत्साहजनक प्रतिक्रिया पाएको थियो । अब यसको डेलिभरी पनि केही दिनभित्र सुरु हुने कम्पनीले जनाएको छ ।

चीनको पछिल्लो खुद्रा बिक्री तथ्यांकअनुसार अगस्टमा क्यू०५ का १७ हजार ३४९ युनिट बिक्री भएका छन् । यो नतिजाले अप्रिलदेखि अगस्ट २०२६ सम्म कम्प्याक्ट एसयूभी सेग्मेन्टमा क्यू०५ को नेतृत्वलाई निरन्तरता दिएको छ ।

क्यू०५ को लोकप्रियताको मुख्य कारण स्पेस, कम्फर्ट, प्रविधि र मूल्यको बलियो संयोजन हो । यसको २,७३५ एमएम ह्विलबेसले फराकिलो क्याबिन उपलब्ध गराउँछ ।

ढल्काउन मिल्ने पछाडिका सिट, व्यावहारिक लगेज क्षमता, नौ तहको सिट निर्माण र धेरैवटा स्टोरेज स्पेसले यसलाई परिवारका लागि उपयोगी बनाउँछ । सीएटीएल ब्याट्री सेल र ३सी फास्ट चार्जिङ प्रविधिले उपयुक्त अवस्थामा ब्याट्रीलाई करिब १५ मिनेटमा ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सक्छ ।

आधुनिक डिजाइन, एरोडाइनामिक प्रोफाइल, स्मार्ट फिचर र प्रिमियम देखिने इन्टेरियरले पनि युवा तथा प्रविधिप्रेमी ग्राहकमाझ यसको आकर्षण बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij