२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

बाढीपीडितको सहयोगार्थ जेभियर कलेजद्वारा १० लाख सहयोग

बाढीपीडितको सहयोगार्थ जेभियर कलेजद्वारा १० लाख सहयोग

350
Shares

काठमाडौँ- रसुवाको भोटेकोशी बाढी प्रभावित समुदायको सहयोगार्थ जेभियर इन्टरनेशनल कलेजले आज प्रधानमन्त्री दैवी प्रकोप कोषमा रु १० लाख सहयोग हस्तान्तरण गरेको छ ।

कलेजका अध्यक्ष लोकबहादुर भण्डारीसहितले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई सिंहदरबारमा भेटगरी चेक हस्तान्तरण गरेको हो । हालै आएको बाढीबाट प्रभावित समुदायलाई सहयोग गर्ने आफ्नो निरन्तर प्रतिबद्धताअनुसार उक्त रकम प्रदान गरिएको कलेजले जनाएको छ ।

कलेजले शिक्षा केबल कक्षाकोठामा सीमित विषय नभई जिम्मेवार नागरिक निर्माण गर्ने माध्यम भएको उल्लेख गर्दै विपद्का समयमा सहयोग, योगदान र एकताका लागि विद्यार्थी तथा समुदायलाई प्रेरित गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij