काठमाडाैँ – ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) पदमा विकास ढुंगानालाई भित्र्याएको छ।
बैंकिङ क्षेत्रमा करिब १७ वर्षभन्दा लामो कार्यअनुभव संगालेका ढुंगानाले यसअघि कामना सेवा विकास बैंक लिमिटेडमा नायब महाप्रबन्धकको जिम्मेवारी सम्हालिसकेका छन्।
लामो समयको व्यावसायिक अनुभव बोकेका व्यक्तिको प्रवेशले बैंकको आन्तरिक कार्यशैली र सेवा प्रवाहमा नयाँपन आउने अपेक्षा गरिएको छ।
नवनियुक्त डीसीईओ ढुंगानासँग रणनीतिक योजना तर्जुमा तथा कार्यान्वयन, जोखिम व्यवस्थापन, आन्तरिक नियन्त्रण प्रणाली र डिजिटल प्रविधिको प्रयोगमा विशेष दख्ल छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij