हेटौँडा- मकवानपुरको हेटौँडाका पाँच शैक्षिक संस्थाले रु ३२ लाख पाँच हजार सहयोग गरेका छन् ।
हेटौँडा स्कुल अफ म्यानेजमेन्टले रु २० लाख, नवोदय शिशु सदनले रु छ लाख ५० हजार, नारायणी कलेजले रु दुई लाख, सोलिड्यारिटी इन्टरनेसनल एकेडेमीले रु दुई लाख र तुलसीमेहर मेमोरियल स्कुलले रु एक लाख ५५ हजार सहयोग गरेका हुन् ।
हेटौँडा स्कुल अफ म्यानेजमेन्टका तर्फबाट रु १५ लाख र त्यहाँका प्राध्यापक तथा कर्मचारीका तर्फबाट रु पाँच लाख गरी रु २० लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ । नवोदय शिशु सदनका तर्फबाट रु पाँच लाख तथा शिक्षक र कर्मचारीका तर्फबाट रु एक लाख ५० हजार गरी रु छ लाख ५० हजार उक्त कोषमा जम्मा गरिएको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij