२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

ग्लोबल कलेज ग्रुपद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख रुपैयाँ सहयोग

ग्लोबल कलेज ग्रुपद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख रुपैयाँ सहयोग

670
Shares

काठमाडौँ — प्रोफेसनल होल्डिङ लिमिटेडअन्तर्गत सञ्चालित ग्लोबल कलेज ग्रुपले प्रधानमन्त्री विपद् राहत कोषमा २१ लाख रुपैयाँ सहयोग गरेको छ ।

भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले कम्पनीले उक्त रकम प्रदान गरेको हो ।

प्रोफेसनल होल्डिङ लिमिटेडका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर २१ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको हो । चेक हस्तान्तरण कार्यक्रममा कम्पनीका चिफ फाइनान्स अफिसर आरडी पाण्डे, ग्लोबल कलेजका निर्देशक राजेन्द्र त्रिपाठी, निर्देशक डा. डीएल पुरीलगायतको उपस्थिति थियो ।

पाण्डेका अनुसार देश विपद्को कठिन परिस्थितिबाट गुज्रिरहेका बेला प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको हो । संकटका बेला निजी क्षेत्रले समेत आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने मान्यताअनुसार सहयोग गरिएको उनले बताए ।

विपद्को यस कठिन समयमा गरिएको सहयोगलाई प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि गरिएको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको सहयोगका रूपमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij