२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सानिमा रिलायन्स लाइफद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७२ लाख सहयोग गर्ने घोषणा

सानिमा रिलायन्स लाइफद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७२ लाख सहयोग गर्ने घोषणा

340
Shares

काठमाडौं -सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले रसुवा लगायत देशका विभिन्न स्थानमा आएको बाढीबा प्रभावित व्यक्तिलाई राहत होस भन्ने उद्देश्यले सहयोग गर्ने भएको छ । कम्पनीले नेपाल सरकारको राहत तथा पुनर्निर्माण कार्यमा ऐक्यबद्धता जनाउँदै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५१ लाख तथा सञ्चालक समिति र कर्मचारीबाट रु २१ लाख गरी जम्मा रु ७२ लाख सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको हो ।

साथै, कम्पनीले उक्त स्थानमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । कम्पनीले दिवङ्‌गत आत्माप्रति श्रद्धासुमन तथा घाइते सबैको सिघ्र स्वाथ्यलाभको कामना समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij