काठमाडौं – हिमालयन रि–इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
कम्पनीले गत आवको असार मसान्तसम्म २ अर्ब ३३ करोड ६२ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिमा भने कम्पनीले १ अर्ब ३९ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको कुल आम्दानी ९.३७ प्रतिशतले घटेर ७ अर्ब ५७ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको कुल आम्दानी ७ अर्ब ७३ करोड ४ लाख रूपैयाँ रहेको थियो ।
कम्पनीको कुल खर्च ८०.९६ प्रतिशतले बढेर १० अर्ब ४४ करोड ८६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको कुल खर्च ५ अर्ब ७७ करोड ४० लाख रूपैयाँ रहेको थियो ।
कम्पनीको खुद बीमाशुल्क आर्जन ५.६९ प्रतिशतले घटेर ६ अर्ब १ करोड ५६ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो अआवको सोही अवधिमा कम्पनीले ६ अर्ब ३७ करोड ८७ लाख रूपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
कम्पनीको कुल दाबी भुक्तानी ३३.६४ प्रतिशतले बढेर ३ अर्ब ४४ करोड ९० लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले २ अर्ब ५८ करोड ९ लाख रूपैयाँ रहेको थियो ।
कम्पनीको महाविपत्ति कोषको आकार २७.०८ प्रतिशतले घटेर १४ करोड ४४ लाख रुपैयाँमा खुम्चिएको छ ।
१ अर्ब ८ करोड ६८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको रिटेन्ड अर्निङ ३ अर्ब २८ करोड ६ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी २१.५० रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ ११५.५८ रुपैयाँ कायम भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij