२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

युनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

युनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

460
Shares

काठमाडौं – युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले १ लाख १० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक सेयरधनीहरूलाई प्राथमिकता दिने गरी उक्त सेयर बिक्रीमा राखेको हो ।
कम्पनीका अनुसार बिक्रीमा राखिएको संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४५० रुपैयाँ निर्धारण गरिएको छ। उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

सेयर खरिदका लागि इच्छुक संस्थापक सेयरधनीहरूले तोकिएका आवश्यक कागजातसहित बिक्री प्रबन्धक रिलायबल क्यापिटल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटलमा आवेदन पेश गर्नुपर्नेछ।

तोकिएको ३५ दिनको अवधिमा विद्यमान संस्थापक सेयरधनीहरूबाट पर्याप्त आवेदन नपरेमा बाँकी सेयर अन्य योग्य व्यक्ति वा संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ। त्यसका लागि ३५ दिनको अवधि समाप्त भएको मितिले थप १५ दिनभित्र आवेदन दिन सकिने व्यवस्था गरिने सूचनामा उल्लेख छ।

कम्पनीले संस्थापक सेयर खरिद गर्न इच्छुक योग्य सेयरधनी तथा लगानीकर्तालाई तोकिएको समयसीमाभित्र आवश्यक प्रक्रिया पूरा गरी आवेदन दिन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij