२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल माइक्रो इन्स्योरेन्सको सञ्चालकमा सुनील कुमार पौडेल नियुक्त

नेपाल माइक्रो इन्स्योरेन्सको सञ्चालकमा सुनील कुमार पौडेल नियुक्त

455
Shares

काठमाडौं – नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा सुनील कुमार पौडेल नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको ५८औँ बैठकले पौडेललाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीले सोसम्बन्धी जानकारी नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई दिएको छ ।

सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्दै आएकी सुनीता श्रेष्ठले सञ्चालक पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त भएको थियो ।

रिक्त पदमा रुपन्देहीको सैनामैना नगरपालिका–११ निवासी पौडेललाई अर्को साधारण सभा नभएसम्मका लागि सञ्चालकमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका कामु प्रमुख कार्यकारी अधिकृत अनिल गिरीले नेप्सेलाई पत्रमार्फत पौडेलको नियुक्तिबारे जानकारी गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij