२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ओरियन्टल इन्स्योरेन्सको नाफा ४९ करोड ४ लाख

ओरियन्टल इन्स्योरेन्सको नाफा ४९ करोड ४ लाख

235
Shares

काठमाडौं – ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८२।८३ को अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा कम्पनीले ४९ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ मा कम्पनीले ११ करोड ७६ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।

गत आर्थिक वर्षमा कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ८८ करोड ७३ लाख रुपैयाँ, महाविपत्ति कोषमा ८ करोड ५९ लाख रुपैयाँ, रिटेन्ड अर्निङ ४ लाख ५५ हजार रुपैयाँ र अन्य इक्विटीमा ९१ करोड ३७ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षमा कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ६६ करोड ११ लाख रुपैयाँ, महाविपत्ति कोषमा ६ करोड ३३ लाख रुपैयाँ र अन्य इक्विटीमा ७८ करोड १९ लाख रुपैयाँ थियो भने रिटेन्ड अर्निङ ६ करोड ३० लाख रुपैयाँले ऋणात्मक रहेको थियो।

समीक्षा वर्षमा कम्पनीको बीमा कोषमा ७ अर्ब ७६ करोड ९५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको बीमा कोषमा २ अर्ब ८० करोड १९ लाख रुपैयाँ रहेको थियो। बीमा कोषको आकार १७७.२९ प्रतिशतले बढेको छ।

गत आर्थिक वर्षमा कम्पनीले २ अर्ब ८२ करोड ३२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षमा कम्पनीले २ अर्ब ६० करोड १४ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन ८.५२ प्रतिशतले बढेको छ।

समीक्षा वर्षमा कम्पनीले १ अर्ब ५९ करोड ५२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले १ अर्ब २७ करोड ८३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको खुद व्यापार २४.७९ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij