२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

सिटिजन लाइफ इन्स्योरेन्सको नाफा १०६.६३ प्रतिशतले बढ्यो

सिटिजन लाइफ इन्स्योरेन्सको नाफा १०६.६३ प्रतिशतले बढ्यो

705
Shares

काठमाडौं- सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा शतप्रतिशत बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले ३९ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०६.६३ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले १८ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क २५.८७ प्रतिशत बढेको छ भने कुल आम्दानी २१.५९ प्रतिशत बढेको छ। त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी २७.६९ प्रतिशत र कुल खर्च २४.८० प्रतिशत बढेको छ।

५ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको शेयर प्रिमियममा ४४ करोड ९६ लाख रुपैयाँ, महाविपत्ती कोषमा २६ करोड ९४ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ४९ करोड ८३ लाख रुपैयाँ र अन्य इक्विटीमा ३६ करोड २६ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ४ रुपैयाँ ३ पैसा बढेर ७ रुपैयाँ ८२ पैसा पुगेको छ। चौथो त्रैमासको अन्त्यसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ५५.६७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ६० पैसा रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij