२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर बिक्रीमा

प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर बिक्रीमा

575
Shares

काठमाडौं – प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ३० हजार कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ।
आजदेखि बिक्रीमा राखिएको ३० हजार ८८८ कित्ता सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । सेयर खरिदका लागि सूचना जारी भएको ३५ दिभित्र आवेदिन दिनु पर्नेछ । हाल कायम संस्थापकहरुले काठमाण्डौको कमलादीमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।

निर्धारित समयभित्र सेयर खरिदका लागि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीका लागि बिक्री गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij