काठमाडौं – साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.०४ अकंले घटेर २६४१.०५ बिन्दुमा कायम भएको छ । आज ३५२ कम्पनीको १ करोड ९ लाख ५६ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६६ करोड ९१ लाख २९ हजार रुपैयाँको कारोबार भएको हो ।
१३ उपसमूहमध्ये यस दिन चार उपसमूहको परिसूचक बढेको छ भने नौ उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य अंक बढेको छ भने बाँकी उपसमूहको परिसूचक घटेको छ।
सोमबार ८२ कम्पनीको शेयर मूल्य बढेको छ भने १८० कम्पनीको घटेको छ । आज १४ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।
आज सबैभन्दा धेरै सोलु हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४६ करोड ३७ लाख रुपैयााको शेयर कारोबार भएको छ । रिडी पावरको २९ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । फर्स्ट माइक्रोफाइनान्सको १२ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij