२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

आज उच्च कारोबार भएका १० कम्पनी

आज उच्च कारोबार भएका १० कम्पनी

705
Shares

काठमाडौं– आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.१५ प्रतिशत अर्थात ४.०५ अंकले घटेर २ हजार ६५०.०९ विन्दुमा सीमित बनेको छ। आज ३३४ कम्पनीको १ करोड २ लाख ९९ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७६ करोड ८८ लाख ७० हजार रुपैयाँको कारोबार भएको हो ।

आज कारोबारमा आएका १३ वटै समूहमध्ये चारवटा बाहेक अन्य सबैमा रातो पोतियो । आज म्युचुअल फण्ड समूह सर्वाधिक अर्थात ०.५२ प्रतिशतले बढ्यो । यस्तै उत्पादन तथा प्रशोधन समूह ०.२५, लघुवित्त ०.०१ र व्यापार ०.१९ प्रतिशतले बढ्यो ।

यो दिन फाइनान्स समूह सर्वाधिक अर्थात ०.७० प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.२४ प्रतिशत, विकास बैंक ०.२१, होटल ०.२७, हाईड्रो ०.१३, लगानी ०.१७, जीवन बीमा ०.३१, निर्जीवन बीमा ०.२४ र अन्य ०.१४ प्रतिशतले घट्यो ।

आज सोलु हाईड्रोपावर,  रिदि पावर, सानिमा बैंक, खानी खोला, आँखु खोला, सगरमाथा जलविधुत्, माया खोला, सिटिजन बैंक, एनआरएन इन्फ्रास्टक्चर र रिलायन्स स्पिङ्ग मिलसको  सर्वाधिक कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij