२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेप्से परिसूचक २१.१५ अंकले घट्यो, ४ अर्ब ७ करोडको कारोबार

नेप्से परिसूचक २१.१५ अंकले घट्यो, ४ अर्ब ७ करोडको कारोबार

555
Shares

काठमाडौं– साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। मंगलबार नेप्से परिसूचक २१.१५ अंक घटेर २६६३.१८ विन्दुमा झरेको छ। त्यस्तै,आज सेन्सेटिभ इण्डेक्स २.६६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०८ अंक घटेको छ।

मंगलबार ३४३ स्टकको ५२ हजार २७२ पटकको कारोबारमा ४ अर्ब ७ करोड ८ लाख ५३ हजार रुपैयाँबराबरको १ करोड ७ लाख ६१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज ५८ कम्पनीको शेयर मूल्य बढेको छ भने २१४ कम्पनीको शेयर मूल्य घटेको छ । ४ कम्पनिको शेयर मुल्य भने स्थिर रहेको छ । यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.३१ प्रतिशत घटेको छ। त्यसतै, यस दिन अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

आज सबैभन्दा धेरै खानीखोला हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४० करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिद्धार्थ बैंकको १६ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij