२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

यस्ता छन् आज सर्वाधिक कारोबार हुने १० कम्पनी

यस्ता छन् आज सर्वाधिक कारोबार हुने १० कम्पनी

620
Shares

काठमाडौं–  साताको पहिलो कारोबार दिन सेयरबजार सामान्य अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.०४ प्रतिशत अर्थात १.२० अंकले घटेर २ हजार ६८४.३३ विन्दुमा सीमित बनेको छ।

आज ३४९ कम्पनीको १ करोड १४ लाख ३ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५४ करोड ७७ लाख रुपैयाँको कारोबार भएको हो ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ८ वटामा हरियाली छायो भने ५ वटा समूहमा रातो पोतियो । आज म्युचुअल फण्ड समूह सर्वाधिक अर्थात ०.४९ प्रतिशतले बढ्यो ।

यस्तै बैंकिङ समूह ०.२६ प्रतिशत, विकास बैंक समूह ०.२३, होटल ०.०१, जीवन बीमा ०.०९, लघुवित्त ०.३० र निर्जीवन बीमा ०.३० प्रतिशतले बढ्यो । हाईड्रो समूह आज ०.३१ अंकले बढ्यो ।

आज व्यापार समूह सर्वाधिक अर्थात ०.९३ प्रतिशतले घट्यो । यस्तै फाइनान्स ०.२९ प्रतिशत, लगानी ०.१०, उत्पादन तथा प्रशोधन ०.५७ र अन्य ०.८३ प्रतिशतले घट्यो ।

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij