२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

यी हुन शेयर बजारमा आज उच्च कारोबार भएका १० कम्पनी

यी हुन शेयर बजारमा आज उच्च कारोबार भएका १० कम्पनी

645
Shares

काठमाडौं – साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक ३३.२८ अंकले घटेर २७०१.३२ को विन्दुमा झरेको हो।  यस दिन सेन्सेटिभ इण्डेक्स १.९८ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६५ अंक घटेको छ।

आज ३५९ कम्पनीको १ करोड ३९ लाख १३ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७ करोड १८ लाख रुपैयाँको कारोबार भएको हो । सोमबार ३६ कम्पनीको शेयर मूल्य बढेको छ भने २३४ कम्पनीको घटेको छ । यसदिन ५ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।

आज रिलायन्स स्पिङ्गस मिल्स, ग्लोबल आइएमई बैंक, रिदि सिमेन्टस, कुमारी बैंक, सेन्ट्रल फाइनान्स, एनआरएन इन्फ्रास्टक्चर, आँखु खोला, सिईडिबि, हिमालयन रि र कर्पोरेट डेभलपमेन्ट बैंकको सर्वाधिक शेयर कारोबार भएको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij