काठमाडौं -शेयर बजार शुक्रबार एकल अंकले बढेको छ। नेप्से परिसूचक ७.९० अंकले बढेर २७३४.६३ को विन्दुमा बन्द भएको छ। बजार बढ्दा नेप्से उपसमूहमा रहेका ७ वटा समूह बढेका छन् भने ६ वटा घटेका छन्। यो दिन बैंकिङ समूह सर्वाधिक १.१७ प्रतिशतले बढ्दा म्युचुअल फन्ड समूहमा सर्वाधिक २.०८ प्रतिशतको गिरावट आएको छ ।
शुक्रबार १५२ कम्पनीको शेयर मूल्य बढेको छ भने १०९ कम्पनीको घटेकोछ । १५ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।
आज रिडी पावर कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, कुमारी बैंक, आँखुखोला जलविद्युत कम्पनी र कर्पाेरेट डेभलपमेन्ट बैंक, रिलायन्स स्पिनिङ्ग मिल्स, कुथेली बुखरी स्मल हाइड्रोपावर, सेन्ट्रल फाइनान्स कम्पनी, एसवाई प्यानल नेपाल र श्रीनगर एग्रिटेक इण्डष्ट्रिजको शेयर सर्वाधिक कारोबार भएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij