२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेप्सेमा ७.९० अंकले बढ्यो, ५ अर्ब १८ करोडको कारोबार

नेप्सेमा ७.९० अंकले बढ्यो, ५ अर्ब १८ करोडको कारोबार

735
Shares

काठमाडौं –  साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.९० अकंले बढेर २७३४.६३ बिन्दुमा कायम भएको छ । आज ३५३ कम्पनीको १ करोड ३६ लाख ८३ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १८ करोड १० लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन ७ उपसूचकमा सुधार देखिएको छ भने ६ उपसूचक घटेको छ । आज वाणिज्य बैंक समूहको सर्वाधिक १.१७ प्रतिशतले बढेको हो ।

शुक्रबार १५२ कम्पनीको शेयर मूल्य बढेको छ भने १०९ कम्पनीको घटेकोछ । १५ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो । आज सबैभन्दा धेरै रिडी पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३० करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको २७ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कुमारी बैंकको २५ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij