काठमाडौं- मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल नियुक्त भएको छ । असार १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले धितोपत्र कारोबार सम्बन्धी सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने तथा अन्य सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्न रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटललाई संस्थाको सेयर रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो ।
संस्थाले साउन १ गतेदेखि लागू हुनेगरी सेयर रजिष्ट्रार नियुक्त गरिएको जनाएको छ । सेयर रजिष्ट्रारमा नियुक्तभएसँगै अब कम्पनीको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य लगायत सेयर रजिष्ट्रार अन्तर्गतका सम्पूर्ण कार्यहरु रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटले गर्नेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij