२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

यूनाइटेड अजोड इन्स्योरेन्सको शेयरमूल्य समायोजन

यूनाइटेड अजोड इन्स्योरेन्सको शेयरमूल्य समायोजन

695
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा असार १९ गते, शुक्रबार, यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

यस दिन नेप्सेले इन्स्योरेन्सको ४.२८५७ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य ४४४ रुपैयाँ ८४ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार दोस्रो बजारमा इन्स्योरेन्सको शेयर प्रतिकित्ता ४६३ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा इन्स्योरेन्सको शेयर कारोबार खुल्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij