२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

स्नो रिभर्सको आईपीओ नेप्सेमा सूचीकृत

स्नो रिभर्सको आईपीओ नेप्सेमा सूचीकृत

845
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा स्नो रिभर्स लिमिटेडको आईपीओ सूचीकृत भएको छ। बिहीबार नेप्सेमा कम्पनीको ९३ लाख ७५ हजार कित्ता सूचीकृत भएको हो।

कम्पनीले सर्वसाधारणमा वितरण गरेको १८ लाख ७५ हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ७५ लाख कित्ता शेयर गरी कुल ९३ लाख ७५ हजार कित्ता नेप्सेमा सूचीकृत भएको हो।

अब कम्पनीको शेयर भोली शुक्रबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित बजारमा कारोबार हुनेछ। पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। कम्पनीको शेयर (SNORL) टिकरमा कारोबार हुनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij