काठमाडौँ – नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको छ। संस्थाले स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो।
संस्थाले विज्ञापन नम्बर २१/२०८२/८३ अन्तर्गत कनिष्ठ सहायक पदमा केही कर्मचारी नियुक्त गर्न लागिएको जनाएको छ। उक्त पदका लागि एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा कम्तीमा ६ महिनाको कार्यानुभव भएको हुनुपर्ने योग्यता तोकिएको छ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij