काठमाडौं – कजारिया रमेश टायल्स लिमिटेडले नवलपुरको दलदलेमा आफ्नो नयाँ सोरुम सुरु गर्दै गण्डकी प्रदेशमा आफ्नो बजार थप विस्तार गरेको छ । राइनो टायल एन्ड मार्बल ट्रेड लिंकद्वारा व्यवस्थापन गरिएको यस नयाँ सोरुमले विश्वस्तरीय र प्रतिष्ठित वाल तथा फ्लोर टायल स्थानीय उपभोक्तामाझ उपलब्ध गराउनेछ ।
यस सोरुमको औपचारिक उद्घाटन जेठ १२ मा भएको थियो । उद्घाटन कार्यक्रममा कजारिया रमेश टायल्सका निर्देशक हिमांशु अग्रवाल र मिस नेपाल वर्ल्ड २०२४ आस्माकुमारी केसीले गरेका थिए ।
सोरुमलाई ग्राहकवर्गलाई आकर्षित गर्ने र सहजता प्रदान गर्ने किसिमको आधुनिक शैलीमा व्यवस्थित गरिएको छ । यहाँ आउने ग्राहकहरूले कजारिया उत्कृष्ट वाल र फ्लोर टायल्सका विविध विकल्पहरू प्रत्यक्ष रूपमा छामेर, यसका बुट्टा र फिनिसिङ अवलोकन गरी आफ्ना घर तथा परियोजनाहरूका लागि उपयुक्त डिजाइन सहजै रोज्न सक्नेछन् ।
“राइनो टायल एन्ड मार्बल ट्रेड लिंकसँगको हाम्रो साझेदारी ठूला सहरहरू मात्र सीमित नभई बाहिरका समुदायहरूसम्म पुग्ने हाम्रो निरन्तर प्रयासको एउटा महत्त्वपूर्ण पाटो हो । हाम्रो उद्देश्य नवलपुरका बासिन्दाहरूले कजारियाको विश्वसनीय गुणस्तर र आधुनिक डिजाइनहरू सजिलै प्राप्त गरुन् र उहाँहरूको घर निर्माण तथा पुनर्निर्माणका योजनाहरूलाई साकार पार्न मद्दत पुगोस् भन्ने हो,” कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले भने ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij