२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाली कामदारका लागि इजरायलमा रोजगारी अवसर

नेपाली कामदारका लागि इजरायलमा रोजगारी अवसर

1.1K
Shares

वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्रहरूमा नेपाली सहायक कामदार छनोट गर्न औपचारिक रूपमा आवेदन आह्वान गरेको छ। नेपाल र इजरायल सरकारबीच भएको द्विपक्षीय श्रम सम्झौता अनुसार यो सूचना जारी गरिएको हो।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले विभागको आधिकारिक वेब पोर्टल मार्फत अनलाइन माध्यमबाट आवेदन दिन सक्नेछन्। आवेदन समय जेठ १७ गते राति १२ बजेदेखि असार ७ गते राति १२ बजेसम्म बजेसम्म खुला रहने विभागले जनाएको छ।

यस पटक विभागले कुल २,३०० जना कामदारको माग गरेको छ, जसमा महिलाका लागि ६० प्रतिशत र पुरुषका लागि ४० प्रतिशत कोटा निर्धारण गरिएको छ।

यसरी छानिएर जाने सहायक कामदारले मासिक ६,४४३.८५ इजरायली मुद्रा तलब पाउनेछन्। कामको हकमा प्रतिहप्ता ६ दिन र अतिरिक्त समय बाहेक ४२ घण्टा काम गर्नुपर्नेछ भने ओभर टाइम र वार्षिक बिदाको सुविधा इजरायली सरकारको नियमानुसार हुने व्यवस्था गरिएको छ।

खानाको खर्च कामदार आफैँले व्यहोर्नुपर्नेछ भने विदेशी कामदार सम्बन्धी नियमानुसार रोजगारदाताले आवासको प्रबन्ध गर्ने भए तापनि सोको खर्च अन्ततः कामदारकै तलबबाट कट्टा हुने सूचनामा उल्लेख छ।

यो सेवाको सुरुवाती करार अवधि १ वर्षको हुनेछ र कार्यसम्पादनका आधारमा करार अवधि थप गरी अधिकतम ५ वर्षसम्म इजरायलमा बस्न र काम गर्न पाइनेछ।यसमा आवेदन दिनका लागि सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङ सम्बन्धी कम्तीमा तीन महिनाको तालिम प्राप्त गरेको व्यक्ति पनि योग्य ठहरिनेछ।

यसका साथै, विगतमा इजरायल गई कार्य नगरेको र आवेदकको बुबा, आमा, पति, पत्नी, छोरा वा छोरी कोही पनि हाल इजरायलमा बसोबास नगरेको वा कार्यरत नरहेको हुनुपर्ने सर्त सूचनामा उल्लेख छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij