२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिटिजन लाइफद्वारा एनएफआरएस–१७ कार्यान्वयनका लागि केपीएमजी इन्डिया नियुक्त

सिटिजन लाइफद्वारा एनएफआरएस–१७ कार्यान्वयनका लागि केपीएमजी इन्डिया नियुक्त

910
Shares

काठमाडौँ – सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एनएफआरएस–१७ कार्यान्वयनलाई प्रभावकारी तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार व्यवस्थित बनाउन केपीएमजी एस्योरेन्स एण्ड कन्सल्टिङ सर्भिसेस एलएलपी इन्डियालाई कार्यान्वयन परामर्शदाता नियुक्त गरेको छ ।

नेपाल लेखामान बोर्डद्वारा जारी तथा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थामार्फत लागू भएको एनएफआरएस–१७ कार्यान्वयनका लागि नेपाल बीमा प्राधिकरणको स्वीकृतिपश्चात कम्पनीले उक्त सम्झौता गरेको जनाएको छ ।

केपीएमजी विश्वका प्रमुख व्यावसायिक सेवा प्रदायक संस्थामध्ये एक मानिन्छ । कम्पनीका अनुसार एनएफआरएस–१७ जस्ता जटिल वित्तीय प्रतिवेदन मापदण्ड कार्यान्वयनमा केपीएमजीको अन्तर्राष्ट्रिय अनुभव तथा प्राविधिक दक्षताले सिटिजन लाइफलाई महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सम्झौता अवधि साढे तीन वर्ष रहनेछ । यस अवधिमा प्रारम्भिक कार्यान्वयनसँगै तीन वर्षसम्म पोस्ट–इम्प्लिमेन्टेशन सपोर्ट सेवा समेत उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यस पहलले अन्तर्राष्ट्रिय लेखा तथा वित्तीय प्रतिवेदन मापदण्डअनुरूप संस्थागत पारदर्शिता, विश्वसनीयता तथा आन्तरिक क्षमता अभिवृद्धिमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij