२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

६ बीमा कम्पनी नेपाल बीमा प्राधिकरणको कारवाहीमा

६ बीमा कम्पनी नेपाल बीमा प्राधिकरणको कारवाहीमा

825
Shares

काठमाडौं- नेपाल बीमा प्राधिकरणले ६ बीमा कम्पनीहरुलाई २ र २ लाख रुपैयाँ जरिवाना गरेको छ । प्राधिकरणको जेठ ३ गते बसेको बैठकले उक्त निर्णय गरेको हो ।

प्राधिकरणले फास्ट ट्र्याकको पिआईमा निर्धारण गरिएको मापदण्डभन्दा कम दरमा बीमा लेख जारी गरेको तथा स्वेच्छाचारी रूपमा बीमालेख रद्द गरेको भन्दै सो इन्स्योरेन्स कम्पनीहरूलाई कारबाही गरेको हो ।

प्राधिकरणले युनाइटेड अजोड इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, सानिमा जिआइसी इन्स्योरेन्स र नेको इन्स्योरेन्सलाई जनही २ र २ लाख रुपैयाँ जरिवाना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij