काठमाडौं – एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आवको तेस्रो त्रैमाससम्म ३ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ जुन अघिल्लो आवको सोही अवधिमा कमाएको १२ करोड ३३ लाख रुपैयाँको तुलनामा ७१.७८ प्रतिशत कम हो।
यद्यपि कम्पनीको खुद बीमाशुल्क आम्दानी भने ६६ करोड ५८ लाख रुपैयाँबाट ७.३२ प्रतिशतले बढेर ७१ करोड ४५ लाख रुपैयाँ नाघेको छ भने कर्जा तथा लगानीबाट हुने आम्दानी १३ करोड ४२ लाख रुपैयाँबाट घटेर १२ करोड ३८ लाख रुपैयाँमा झरेको छ।
कम्पनीको प्रतिशेयर आम्दानी ६.५७ रुपैयाँबाट घटेर ०.९८ रुपैयाँमा सीमित भएको छ भने प्रतिशेयर नेटवर्थ १७०.९३ रुपैयाँ कायम भएको छ। चुक्ता पूँजी २ अर्ब ६६ करोड रुपैयाँ रहेको यस कम्पनीको महाविपत्ति कोषमा ८ करोड ८३ लाख रुपैयाँ र जगेडा कोषमा १ करोड ७० लाख रुपैयाँ सञ्चिति रहेको छ।
समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी २५.१६ प्रतिशतले बढ्दा कुल खर्च ४४.९० प्रतिशतले बढेको छ। अभिकर्तालाई दिइने कमिशन पनि २६.६२ प्रतिशतले वृद्धि भएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij