२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सानिमा जिआईसी इन्स्योरेन्सले १ अर्ब ९७ करोड बढी बीमा शुल्क आर्जन

सानिमा जिआईसी इन्स्योरेन्सले १ अर्ब ९७ करोड बढी बीमा शुल्क आर्जन

695
Shares

काठमाडौं-  सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार कम्पनीको बीमा शुल्क आर्जनमा विस्तार भएको देखिन्छ।  सानिमा जिआईसी इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्म ५ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २३ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको थियो। यस आधारमा कम्पनीको नाफा ७८ प्रतिशतले घटेको देखिएको छ।

कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद बीमाशुल्क आर्जन भने बढेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले ५३ करोड ४३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ जबकि गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ४९ करोड ५२ लाख रुपैयाँ रहेको थियो।

त्यस्तै कुल बीमा शुल्क पनि बढेर १ अर्ब ९७ करोड २३ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीले १ अर्ब ६८ करोड ५६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो।

कम्पनीको प्रति शेयर आम्दानी (ईपीएस) उल्लेख्य रूपमा घटेको छ। गत वर्ष १५ रुपैयाँ ५७ पैसा रहेको ईपीएस घटेर अहिले ३ रुपैयाँ १९ पैसामा सीमित भएको छ। प्रति शेयर नेटवर्थ १ सय ५३ रुपैयाँ ४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १५५ दशमलव ५ गुणा कायम भएको छ।

वित्तीय अवस्थातर्फ कम्पनीको कुल सम्पत्ति बढेर ८ अर्ब ८८ करोड ६० लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको अन्त्यसम्म यस्तो सम्पत्ति ८ अर्ब १८ करोड १२ लाख रुपैयाँ रहेको थियो। कम्पनीको जगेडा कोष पनि बढेर १ अर्ब ९२ करोड ७५ लाख रुपैयाँ पुगेको छ।

चुक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा ४ करोड ८५ लाख रुपैयाँ र स्पेशल रिजर्भमा ७७ करोड ५२ लाख रुपैयाँ सञ्चिति रहेको छ। कम्पनीले ३ अर्ब ३५ करोड ८२ लाख रुपैयाँ लगानी गरेको छ।

कम्पनीको कुल आम्दानी ९० करोड १० लाख रुपैयाँमा झरेको छ जुन गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब २ करोड ६४ लाख रुपैयाँ रहेको थियो। कम्पनीको कुल खर्च ८२ करोड ७६ लाख रुपैयाँ पुगेको छ जबकि अघिल्लो वर्ष यस्तो खर्च ६९ करोड २८ लाख रुपैयाँ थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij