काठमाडौं– ग्लोबल टेक कम्पनी यांगो ग्रुपको राइड हेलिङ्ग सेवा यांगो राइडले आफ्नो पार्टनर ड्राइभर नेटवर्क प्रोग्राम काठमाडौं बाहिर विस्तार गर्दै चितवन र आसपासका इच्छुक चालकहरूलाई यांगो प्रोमा जोडिन आमन्त्रण गरेको छ।
कार्यक्रम चितवनका तीन स्थानमा आयोजना गरिएको थियो। जहाँ यांगो नेपाल प्रमुख मेनेजर सन्तोष पान्डे सहित हेडक्वाटर र लोकल टीमका सिनियर अफिसियल्स सहभागी भएका थिए।
कार्यक्रममा चालक दर्ता, अभिमुखीकरण सत्र, अन्तरक्रियात्मक गेमहरू, उपहार वितरण, इन्धन कार्डहरू, ब्रान्डेड ब्यागहरू, क्यापहरू, ब्रान्डेड सामग्रीहरू र खाना स्टलहरू राखिएको थियो। यांगो राइडले एप मार्फत ड्राइभर पार्टनरहरू लाई काम गर्ने समय र माग अनुसार महिनामा एक लाख रूपैयाँसम्म कमाउन सक्ने अवसर रहेको जानकारी दिएको थियो।
यो कार्यक्रम काठमाडौंबाहिर पनि नेपाली नागरिकहरूलाई आफ्नो समय अनुसार काम गर्ने सुविधा, आत्मनिर्भरता र राम्रो आम्दानी गर्ने अवसर दिन यांगोको महत्वपूर्ण कदम हो।
यांगो ग्रुपले आवागमन सेवा, डेलिभरी सेवा, खाद्य प्रविधि सेवा, मनोरञ्जन सेवा लगायतका डिजिटल सेवाहरू अफ्रिका, ल्याटिन अमेरिका, युरोप, मध्य पूर्व र दक्षिण एसिया लगायत ३० भन्दा बढी देशहरूमा सञ्चालन गर्दै आएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij