२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सानिमा जिआइसीद्वारा बाजुरामा कागतीका विरुवा वितरण

सानिमा जिआइसीद्वारा बाजुरामा कागतीका विरुवा वितरण

650
Shares

काठमाडौं – सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाजुरा जिल्लाको खप्तडछेडा गाउँपालिका वडा नं. १ काँडामा स्थानीय कृषकहरुलाई एक हजार वटा कागतीका विरुवा वितरण गरेको छ। उक्त कार्यक्रम हिजो वैशाख ९ गते सम्पन्न गरिएको हो।

कार्यक्रममा कम्पनीका सुदूरपश्चिम प्रदेश प्रमुख नरेश गौतम, कर्णाली प्रदेश प्रमुख गोविन्द जङ्ग सिंह तथा धनगढी शाखा प्रबन्धक सुरज रावलको सहभागिता रहेको थियो। साथै लुम्बिनी पिस फोरम का प्रतिनिधि बासु गौतम, वडा नं. १ का वडा अध्यक्ष वीर बहादुर रावल, वडा सदस्यहरू तथा स्थानीय कृषकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमका क्रममा कम्पनीका प्रतिनिधिहरूले वडा कार्यालय प्राङ्गणमा आयोजित समारोहबीच वडा अध्यक्षको रोहवरमा कृषकहरूलाई कागतीका विरुवा संयुक्त रूपमा हस्तान्तरण गरेका थिए। सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडले देशभरका विभिन्न प्रदेशहरूमा ऋक्च् अन्तर्गत शिक्षा, स्वास्थ्य, गरिबी निवारण तथा प्राकृतिक विपत्तिका क्षेत्रमा निरन्तर सामाजिक योगदान गर्दै आएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij