२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल माइक्रो इन्स्योरेन्सको साधारण सभा स्थगित

नेपाल माइक्रो इन्स्योरेन्सको साधारण सभा स्थगित

550
Shares

काठमाडौं – नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ । यही वैशाख १० गते आयोजना हुने तय भएको कम्पनीको साधारण सभा उल्लेखित मितिमा आयोजना हुन नसक्नै भन्दै कम्पनीको वैशाख ४ गते बसेको सञ्चालक समितिले स्थगित गर्ने निर्णय गरेको हो ।
उक्त तेस्रो साधारण सभा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको कम्पनीले जनाएको छ ।

उक्त सभामा आर्थिक वर्ष २०८१/८२ को बार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८१/८२ को कम्पनीको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण माथि छलफल गरी पारित गर्ने कार्यसूची। रहेको थियो ।

साथै चालु आर्थिक वर्ष २०८२/८३ को लागि कम्पनीको बाहय् लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने र कम्पनीले सामाजिक उत्तर दायित्व अन्तर्गत गरेको खर्च अनुमोदन गर्ने प्रस्ताव समेत सभाको एजेण्डा समेत रहेको थियो ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि गत चैत २६ गते बुक क्लोज गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij