काठमाडौं – नेपालमा अथर इनर्जीको आधिकारिक वितरक वैद्य इनर्जी प्रालिले अथर रिज्टा एसलाई देशव्यापी रूपमा सार्वजनिक गरेको छ । यो रिज्टा लाइन-अपको नयाँ थप हो, जसले गत वर्ष नेपालमा सार्वजनिक भएको रिज्टा जेडको उत्कृष्ट प्रतिक्रिया पछ्याउँदै आएको हो ।
रिज्टा लाइन-अपलाई अथर एस्युरेन्स प्याकेजद्वारा समर्थन गरिएको छ, जसले ब्याट्रीको विश्वसनीयता, चार्जिङ पहुँच र स्वामित्व खर्चलाई एकीकृत गर्दै ईभी स्वामित्वलाई सरल, पूर्वानुमानयोग्य र भरपर्दो बनाउने लक्ष्य राखेको छ ।
लन्चको अवसरमा वैद्य इनर्जीका सीईओ सूर्यांश वैद्यले रिज्टा एसलाई प्रत्येक नेपाली परिवारका लागि इलेक्ट्रिक मोबिलिटीलाई सरल, व्यावहारिक र पहुँचयोग्य बनाउन डिजाइन गरिएको बताए । ‘यसको विशिष्ट डिजाइन, भरपर्दो प्रदर्शन र अथर एस्युरेन्स प्याकेजले ग्राहकले इलेक्ट्रिकमा स्विच गर्दा देख्ने वास्तविक चिन्तालाई सम्बोधन गर्छ,’ उनले भने, ‘हामी विश्वास गर्छौं कि यसले देशभर ईभी अपनाउने गति बढाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।’
रिज्टा लाइन-अपमा अब दुई भेरियन्टहरू समावेश छन्– रिज्टा जेड जसको आईडीसी रेन्ज १५९ किलोमिटर छ भने रिज्टा एसले १२३ किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ ।
अथरका आफ्नै डिजाइन गरिएका ब्याट्री प्याकहरू विभिन्न राइडिङ अवस्थामा दशकभन्दा बढी समय परीक्षण गरिएका छन् । यसमा तीन वर्ष वा ३० हजार किलोमिटरसम्मको वारेन्टी उपलब्ध छ ।
अथर रिज्टा एसको मूल्य २ लाख ९४ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ । लन्चको अवसरमा वैद्य इनर्जीले पहिलो १५० ग्राहकका लागि २० हजार रुपैयाँको प्रारम्भिक लाभ उपलब्ध गराएको छ, जसले प्रभावकारी मूल्य २ लाख ७४ हजार ९९९ रुपैयाँमा झरेको छ । यो अफर नगद छुट, एक्सचेन्ज लाभ वा शून्य प्रतिशत ब्याजदरसहितका आकर्षक फाइनान्सिङ विकल्पमार्फत प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij