२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ अब नेपालमा

इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ अब नेपालमा

1.1K
Shares

काठमाडौं- नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक तथा प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड ट्रेडिङ हाउसेसले इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेलीसँग आधिकारिक साझेदारी गरेको घोषणा गरेको छ।

करिब पाँच दशक लामो व्यावसायिक अनुभव बोकेको वैद्य अर्गनाइजेसनले नेपालमा अटोमोबाइल क्षेत्रमा विश्वासिलो ब्रान्ड निर्माण गर्दै आएको छ। चारपाङ्ग्रे सवारीतर्फ टोयोटाको सफल बिक्री वितरण गर्दै आएको यस समूहले पछिल्लो समय दुईपांग्रे क्षेत्रमा पनि आक्रामक विस्तार गरिरहेको छ।

यसअघि समूहले प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड एथरलाई नेपाली बजारमा भित्र्याएर उल्लेखनीय सफलता हासिल गरिसकेको छ। आधुनिक प्रविधि, उच्च प्रदर्शन र नवप्रवर्तनमा आधारित एथरको सफलताले वैद्य अर्गनाइजेसनलाई दुईपांग्रे बजारमा पुनः स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेको थियो।

अब सोही सफलतालाई निरन्तरता दिँदै समूहले इटालीको प्रतिष्ठित मोटरसाइकल ब्रान्ड मोर्बिडेलीलाई नेपालमा भित्र्याएको हो। मोर्बिडेली आफ्नो प्रिमियम डिजाइन, शक्तिशाली इन्जिन र रेसिङ हेरिटेजका लागि विश्वभर परिचित ब्रान्ड हो, जसले नेपाली युवा तथा बाइक उत्साहीहरूलाई लक्षित गर्दै उच्चस्तरीय राइडिङ अनुभव प्रदान गर्ने विश्वास गरिएको छ।

मोर्बिडेली ब्रान्डमार्फत वैद्य अर्गनाइजेसनले प्रिमियम मोटरसाइकल सेग्मेन्टमा नयाँ मापदण्ड स्थापना गर्ने लक्ष्य लिएको छ। निकट भविष्यमा विभिन्न मोडेल सार्वजनिक गर्दै देशव्यापी सञ्जाल विस्तार गर्ने योजना समेत समूहले अघि सारेको छ।

मोर्बिडेली विश्वव्यापी रूपमा किवे ग्रुप अन्तर्गत सञ्चालन हुने ब्रान्ड हो। जसले बेनेली, मोर्बिडेली र बेन्डा जस्ता अन्तर्राष्ट्रिय मोटरसाइकल ब्रान्डहरूलाई बिक्री वितरण गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij