काठमाडौं – सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनिको फागुन २९ गते शुक्रबार दिउँसो ३ बजे बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूका लागि लाभांश घोषणा गरेको छ।
बैठकले गत आर्थिक वर्ष २०८१र०८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँको ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश ९कर तिर्न० गरी कुल ५।२६३२ लाभांश वितरणको निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको अब हुने वार्षिक साधारणसभाबाट पारित भएपछि सम्बन्धित शेयरधनीहरूमा वितरण गरिने कम्पनीले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij