२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ट्रान्क्युलिटी स्पा अब भैरहवाको सिद्धार्थ विलासामा

ट्रान्क्युलिटी स्पा अब भैरहवाको सिद्धार्थ विलासामा

1.1K
Shares

नेपालको अग्रणी स्पा तथा वेलनेस सेन्टर ट्रान्क्युलिटी स्पाले लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय सहर भैरहवा स्थित सिद्धार्थ विलासामा आफ्नो सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

द सोल्टी काठमाडौं, र्‍याडिसन होटल, रोयल टुलिप काठमाडौं, रोयल टुलिप चितवन, माउन्टेन ग्लोरी पोखरा लगायत देशका विभिन्न प्रतिष्ठित होटलहरूमा सेवा विस्तार गरिसकेको ट्रान्क्युलिटी स्पाले अब लुम्बिनी प्रदेशमा पनि आफ्नो उपस्थिति बनाएको छ।

ट्रान्क्युलिटी स्पा नेपालीहरूमा मात्र होइन, विदेशबाट नेपाल आउने अन्तर्राष्ट्रिय पर्यटकहरूबीच पनि उत्तिकै लोकप्रिय छ। साथै, मलेसियामा सञ्चालनमा रहेको यसको शाखाले पनि उत्कृष्ट सेवा प्रदान गर्दै त्यहाँका ग्राहकहरूको मन जित्न सफल भएको छ।

नयाँ शाखामा विभिन्न प्रकारका हाइड्रो थर्मल थेरापी, सैलुन सेवा, स्विमिङ, जिम, परम्परागत नेपाली मसाज उपचार लगायत समग्र वेलनेसका सेवाहरू उपलब्ध रहेको छ।

स्पा व्यवसाय तथा नयाँ शाखाको बारेमा बोल्दै ट्रान्क्युलिटी स्पाका अध्यक्ष भुवन फैजुले भने, ‘ट्रान्क्युलिटी स्पा एक पारिवारिक स्पा तथा वेलनेस ब्रान्ड हो। हरेक व्यक्तिका लागि स्पा तथा वेलनेस भनेको आधारभूत आवश्यकता हो त्यसैले हामीले स्थापना कालदेखि नै नेपालमा स्पा तथा वेलनेस संस्कृतिको प्रवर्द्धन गर्दै आएका छौं । यही अभियान अन्तर्गत भैरहवाको सिद्धार्थ विलासामा पूर्ण सुविधा सम्पन्न शाखा सञ्चालनमा ल्याउन पाउँदा हामी निकै उत्साहित छौं ।’

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij