२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हरिसिद्धिमा लामिनार टाइल्सको नयाँ शोरूम उद्घाटन

हरिसिद्धिमा लामिनार टाइल्सको नयाँ शोरूम उद्घाटन

1.1K
Shares

काठमाडौं- गोदावरी ग्रेनाइट एन्ड टाइल्सले हरिसिद्धि, ललितपुरमा लामिनारको प्रिमियम एम्पोरियो शोरूमको औपचारिक उद्घाटन गरेको छ। गोदावरी ग्रेनाइट एण्ड टाइल्सकका डाइरेक्टर ओमप्रकाश गोयल र लुम्बिनी सेरामिक्स लिमिटेडका डाइरेक्टर आशुतोष खेतानले शोरूम उद्घाटन गरेका हुन्।

कम्पनीका अनुसार नयाँ शोरूमले लामिनारका उच्च-गुणस्तरका, अत्याधुनिक र टिकाउ टाइलहरू प्रदर्शन गर्दछ, जुन आधुनिक आवासीय घरहरू, व्यावसायिक भवनहरू, होटल, अस्पताल, विमानस्थल तथा ठूला सार्वजनिक पूर्वाधार परियोजनाहरूका लागि विशेष रूपमा डिजाइन गरिएका छन्।

लामिनारले ८ भन्दा बढी कलेक्सन र ५५० प्लस एसकेयुहरू उपलब्ध गराउँदै नेपालकै सबैभन्दा ठूलो भिट्रिफाइड टाइल पोर्टफोलियो प्रदान गर्ने कम्पनीको दाबी छ। यसमा परिष्कृत मार्बल लुक, समकालीन कंक्रिट डिजाइनदेखि उच्च-ट्राफिक क्षेत्रहरूका लागि पिईआई ५ घर्षण प्रतिरोध, एमओएचएस ९ कठोरता (स्क्र्याच-प्रतिरोधी) र आर१२ स्लिप प्रतिरोध (भिजेको/बाहिरी प्रयोगमा सुरक्षित) जस्ता विशेषताहरू समावेश छन्।

यो शोरूम उद्घाटनसँगै लामिनारका उत्पादनहरू अब नेपालका सबै सात प्रदेशमा १९० प्लस डिलर सञ्जालमार्फत सजिलै उपलब्ध हुने कम्पनीले बताएको छ।

गोदावरी ग्रेनाइट एन्ड टाइल्सका निर्देशक कृष्ण मणि बिधारीले उद्घाटन समारोहमा भने, ‘लामिनारले प्रदर्शन र डिजाइन दुवैमा उत्कृष्ट पूर्ण भिट्रिफाइड उत्पादन दिन्छ। यसको गुणस्तरमा निरन्तरताले बजारमा ठूलो विश्वास जितेको छ। यो नयाँ शोरूम घरधनीहरू, आर्किटेक्ट्सहरु, इन्जिनियरहरू तथा ठूला संस्थाहरूका लागि टिकाउ र भविष्य-उन्मुख सतह समाधानहरू अनुभव गर्ने उत्कृष्ट स्थान बन्नेछ।’

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij