काठमाडौँ – पहिलो संस्करणको उल्लेखनीय सफलतापछि पर्यटकीय नगरी पोखरामा ‘नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६’ को दोस्रो संस्करण आयोजना हुने भएको छ। अटोमोबाइल क्षेत्रको आधुनिक प्रविधि, सवारी साधन खरिद–बिक्री तथा यससँग सम्बन्धित नवीनतम विकासप्रति बढ्दो चासोलाई मध्यनजर गर्दै यही चैत्र ११ देखि १५ गतेसम्म पोखरा लेकसाइडस्थित तालबाराही चोक नजिकैको खेल मैदानमा उक्त प्रदर्शनी आयोजना गर्न लागिएको हो।
कार्यक्रम नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको प्रस्तुतीमा तथा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोशिएसनको आयोजनामा सञ्चालन हुनेछ। आयोजकका अनुसार अटो शोमा साना, मझौला तथा ठूला सबै प्रकारका सवारी साधन, पार्टपुर्जा, लुब्रिकेन्ट, टायर तथा अन्य सरोकारवाला व्यवसायी कम्पनीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
प्रदर्शनीका लागि आज फागुन १२ गतेदेखि १९ गतेसम्म स्टल बुकिङ खुला गरिएको आयोजकले जनाएको छ। अटो क्षेत्रमा क्रियाशील कम्पनी तथा संस्थाहरूलाई प्रदर्शनीमा सहभागी हुन आह्वान गरिएको छ।
प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्स्पोजिशन एण्ड मेनेजमेन्ट सर्भिसेज् प्रा.लि.ले गर्नेछ। स्टल बुकिङ तथा थप जानकारीका लागि इच्छुक कम्पनी तथा संस्थाहरूले eventsgems@gmail.com वा ९८०१५४१५३८ मा सम्पर्क गर्न सक्ने जनाइएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij