काठमाडौं – नेपाल बीमा प्राधिकरण ले आफ्नो प्रवक्ताको जिम्मेवारी निर्देशक पूजन ढुङ्गेल अधिकारीलाई दिएको छ। प्राधिकरणको अनुसन्धान महाशाखा प्रमुखको जिम्मेवारी सम्हाल्दै आउनुभएका निर्देशक ढुङ्गेललाई प्राधिकरणको फागुन ५ गतेको निर्णयअनुसार प्रवक्ताको अतिरिक्त जिम्मेवारी तोकिएको हो।
सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन, २०६४ मा व्यवस्था भए बमोजिम निर्देशक ढुङ्गेललाई प्राधिकरणको प्रवक्ताको जिम्मेवारी तोकिएको निर्देशक कुन्दन सापकोटाले जानकारी दिए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij