काठमाडौं – नेको इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज माघ २२ गते अन्तिम दिन रहेको छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ २५ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज माघ २२ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
कम्पनीले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम रहेको चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत १२.७८९ प्रतिशत नगद लाभांश गरि कुल १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको आगामी बार्षिक साधारण सभाबाट पारित गरे पश्चात उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ।
कम्पनीले फागुन ११ गते साधारणसभा आह्वान गरेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij