२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रिलायबल नेपाल लाइफको साधारणसभा सम्पन्न

रिलायबल नेपाल लाइफको साधारणसभा सम्पन्न

1.1K
Shares

काठमाडौं- रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नवौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा काठमाडौंको गैह्रीधारास्थित एलिस रिसेप्सनमा सम्पन्न भएको हो ।

सभाले गत आर्थिक वर्ष २०८१।८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको १२ प्रतिशतले हुन आउने ६२ करोड ३६ लाख ३९ हजार ३८५.६० रुपैयाँबराबरको नगद लाभांश अनुमोदन गरेको छ ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij