काठमाडौँ -सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले काभ्रेपलाञ्चोकको धुलिखेलस्थित एक विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको छ ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेलस्थित श्री सन्जीवनी माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टि सम्बन्धी अपाङ्गता भएका विद्यार्थीहरूका लागि ब्रेल शैक्षिक सामग्री वितरण गरेको हो।
उक्त सामग्रीहरू सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक बलराम खत्री तथा एरिया म्यानेजर सनी खाछें श्रेष्ठको उपस्थितिमा विद्यालयलाई हस्तान्तरण गरिएको हो ।
हाल उक्त विद्यालयमा २८ जना दृष्टिविहीन विद्यार्थी अध्ययनरत रहेका छन्।
ब्रेल शैक्षिक सामग्रीले नेत्रहीन विद्यार्थीहरूलाई स्वतन्त्र रूपमा पढ्न र सिक्न सहयोग पुर्याउने विश्वास कम्पनीले व्यक्त गरेको छ। यसले समान शैक्षिक अवसर सुनिश्चित गर्दै समावेशी शिक्षालाई प्रवर्द्धन गर्नुका साथै भविष्यमा उच्च शिक्षा र रोजगारीका अवसरमा समेत सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा विपद् व्यवस्थापनजस्ता क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै समाजप्रतिको उत्तरदायित्वलाई आत्मसात गर्ने जनाएको छ।
नाफामुखी व्यवसायसँगै सामाजिक हितलाई समान रूपमा अघि बढाउने उद्देश्यसहित यस्ता कार्यक्रमलाई अझ प्रभावकारी र समुदायमैत्री बनाउँदै लैजाने प्रतिबद्धता कम्पनीले जनाएको छ।
हाल सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले देशभर १६९ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ।
कम्पनीको पुँजी ५ अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने २० अर्ब रुपैयाँभन्दा बढीको लगानी भइसकेको छ। साथै, कम्पनीमा २० हजारभन्दा बढी अभिकर्ता कार्यरत रहेका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij